एजेन्सी, २७ जेठ । टोकियोको हानेदा विमानस्थलमा शनिबार दुई वटा यात्रुवाहक विमानहरू ट्याक्सी वे नजिकै ठोक्किएका छन् ।
जापानको यातायात्र मन्त्रालयले जनाएअनुसार (स्थानीय समय) बिहान ११ बजे बैंककका लागि प्रस्थान गरेको थाई एयरवेजको विमान र इभा एयरको विमान हानेदा विमानस्थलको धावनमार्गमा ठोक्किएको देखिएको स्थानीय सञ्चारमाध्यमले विमानस्थल स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेका छन् ।
ती दुई विमानहरू अहिले धावनमार्गमा पार्क गरिएका छन् । राष्ट्रिय प्रसारक एनएचकेका अनुसार दुर्घटनाबाट थाई एयरवेजको विमानको पखेटाको भाग भाँचिएको छ ।
विमानस्थलले दुर्घटनास्थल नजिकैको धावनमार्ग बन्द गरेको छ । विमानस्थलबाट कतिपय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू ढिला भएका छन् ।