नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि मगाउने सर्वोच्चको आदेश

24

काठमाडौँ, २६ जेठ । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपतिको कार्यालयबाट मगाउन आदेश दिएको छ ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रतिलिपि झिकाउने र अन्तरिम आदेश दिनुपर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफल गर्न यही जेठ ३० गते पेसी तोक्ने आदेश गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते नागरिकता विधेयक प्रमाणाीकरण गरेका थिए । राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको उक्त नागरिकता विधेयक संविधानको भावना र मर्मविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र डा.सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...