कारागारबाट छुटाइ दिन्छु भन्दै रकम ठगी गरेको आरोपमा पक्राउ

18

काठमाडौँ, २६ जेठ । कारागरमा रहेको थुनुवालाई छुटाइ दिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा नगरपालिका–१ का ४२ वर्षीय सञ्च तामाङ रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

उनले वैदेशिक रोजगार ठगी मुद्दामा थुनामा रहेका थुनुवालाई छुटाइ दिने भन्दै ४ लाख रूपैयाँ लिइ सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...