अर्थमन्त्रीलाई सुमना श्रेष्ठको प्रश्न : अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ ?

42

काठमाडौँ, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले गरिबलाई झनै गरिब बनाउने कर स्वीकार गर्न नसकिने बताएकी छन् ।

प्रतिनिधिसभामा बुधबार आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले अर्थमन्त्री डा.प्रकाशशरण महतमाथि प्रश्न गरेकी छन् ।

यसअघि पटक–पटक राजनीतिक हिसाबले सदन रोकिएको भन्दै अब जनताका लागि पनि सदन आफ्नो पार्टीले रोक्ने उनले दाबी गरिन् ।

“गरिबलाई यसमा लेखेको करले कसरी सौलियत हुन्छ ? आफूले तार्गेट गरेको राजश्व उठेन भने अब त तपाईंले अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ ? हरेक सासको कति मोल लिनुहुन्छ ?,” उनले भनिन्, “यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ, अब हामी जनताका लागि रोक्छौँ । गरिबलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन ।”

Share This:
सम्बन्धित खबर
Loading...