सन्दीप न्यौपाने र सहिमा श्रेष्ठको स्वरमा ‘पान पाते ओठ’ सार्वजनिक [भिडिओ]

123

काठमाडौँ, २४ जेठ । गायक सन्दीप न्यौपाने र गायिका सहिमा श्रेष्ठको स्वर रहेको गीत ‘पान पाते ओठ’ सार्वजनिक भएको छ । गीतमा शेर साउदको शब्द र संगीत तथा एचबिएन किस्मतको एरेन्ज, मिक्सिङ र मास्टरिङ छ ।

शेर साउद निर्देशित भिडिओमा सन्दीप न्यौपाने, निक्स शर्मा, बद्रीप्रसाद तिवारी, शेर साउद र भावना गुरुङ फिचर्ड छन् ।

भिडिओमा नवराज उप्रेतीको छायांकन, नवीन उप्रेतीको सम्पादन, मनोज कार्कीको जिएफएक्स र कलर छ । भिडिओको पोस्ट प्रोडक्सन एलिस इन्टरटेनमेन्टको पोस्ट प्रोडक्सन छ ।

गायक सन्दीपको यसअघि ‘लालुमै’, ‘सान्नानी’, ‘दिलमाया’लगायतका गीत चलेका गीतमा पर्छन् । नयाँ गीत ‘पान पाते ओठ’बाट गायक न्यौपाने आशावादी छन् । गीतको भिडिओ गायक न्यौपानेको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...