पाल्पा, २१ जेठ । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा सालभण्डीदेखि अर्घाखाँचीको पाणिनीतर्फ जाँदै गरेको लु१च ९०२४ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुर्घटनामा दुई महिला र एक जना पुरूषको घटनास्थलमै मृत्यु भएको छ । जम्मा १५ जना सवार रहेको उक्त सवारीमा रहेका अन्य यात्रुहरू घाइते रहेका छन् । सबै घाइतेलाई रूपन्देहीको अस्पतालमा पठाएको प्रहरीले जनाएको छ ।
मृकतको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थापाले जानकारी दिए । दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
बोलेरो जिप सडकदेखि करिब ४० मिटर तल खसेको छ ।