काठमाडौँ, २० जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले ६ प्रदेशका इञ्चार्जहरू तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले ६ प्रदेशका इञ्चार्जहरू तोकेको हो ।
बैठकले कोशी प्रदेशका इञ्चार्जको रूपमा रघुवीर महासेठ, मधेस प्रदेश इञ्चार्जको रूपमा योगेशकुमार भट्टराई, गण्डकी प्रदेश इञ्चार्जको रूपमा गोकर्ण विष्ट, लुम्बिनी प्रदेश इञ्चार्जको रूपमा पद्मा अर्याल, कर्णाली प्रदेश इञ्चार्जको रूपमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशका इञ्चार्जको रूपमा छबिलाल विश्वकर्मालाई जिम्मेवारी दिएको हो । बागमती प्रदेशको भने केन्द्रीय कार्यालयले नै विशेष कामको संयोजन गर्ने एमालेले जनाएको छ ।
त्यस्तै, बैठकले पार्टीको केन्द्रीय संगठन विभागको प्रमुखको रूपमा काशिनाथ अधिकारीलाई जिम्मेवारी दिएको र प्रचार तथा प्रकाशन विभागको संयोजकको रूपमा राजेन्द्र गौतमलाई जिम्मेवारी दिएको पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।