ओलीलाई विश्वप्रकाशको जबाफः फैसला सुनाउन हामी न्यायाधीह होइनौँ

43

काठमाडौँ, १३ जेठ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले भुटानी शरणार्थी प्रकरणबारे नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्को रोष्ट्रमबाट बोलेको कुरामा विरोध जनाएका छन् ।

शनिबार संसद्‌मा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै शर्माले भुटानी शरणार्थी प्रकरणमा ‘निर्दोषलाई फसाउन खोजियो’ भन्ने ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

उनले को दोषी र को निर्दोष भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले कोही अमुक व्यक्ति दोषी, निर्दोष रहेको कुरा रोष्ट्रमबाट फैसला सुनाउन नहुने बताए ।

“रोष्ट्रममा उभिएर नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्दै गर्दा राख्नुभएको अन्य कुरामा समर्थन जनाउँला । दोषीलाई उम्काउन खोजिँदैछ भन्ने आशंकामा पनि राज्यले गम्भीरतापूर्वक ध्यान देला,” उनले भने, “निर्दोष फसाउन खोजियो भन्ने वाक्य उल्लेख गरियो । को दोषी, को निर्दोषी नेपाल प्रहरीले छानबिन गर्दैछ । हामी न्यायाधीश होइनौँ यहाँबाट फैसला सुनाउन ।”

उनले सरकारले भ्रष्टाचारको फाइल खोलेको बेला सत्तापक्ष र प्रतिपक्ष दुवैले साथ दिनुपर्ने उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...