गुजरात टाइटन्स फाइनलमा

76

काठमाडौँ, १३ जेठ । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सलाई हराउँदै गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि नजिक पुगेको छ ।

आइपिएलको दोस्रो क्वालिफायर खेलमा शुभमन गिलको तुफानी शरक र मोहित शर्माको बलियो बलिङमा गुजरात टाइटन्सले मुम्बईलाई ६२ रनले हजारउँदै फाइनलमा चेन्नई सुपर किंग्ससँग भेट पक्का गरेको हो ।

जितका लागि २३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १८.२ ओभरमा १७१ रनमा अलआउट भयो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै, तिलक वर्माले ४३ तथा क्यामरन ग्रिनले २० रन जोडे ।

गुजरातका मोहित शर्माले २.२ ओभरमा १० रन खर्चेर ५ विकेट लिए । मोहम्मद शामी र राशिद खानले समान २ तथा जोशुवा लिटिलले एक विकेट लिए ।

यसअघि, नरेन्द्र मोदी स्टेडियम अहमदावादमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २३३ रन बनाएको थियो । यो आइपिएलो प्लेअफ खेलमा बनाएको सबैभन्दा ठुलो लक्ष्यको कीर्तिमानसमेत हो ।

गुजरातका युवा ब्याटर शुभमन गिलले मात्र ६० बलमा १० छक्का र ७ चौकासहित १२९ रनको इनिङ खेले । गिलको यो जारी सिजनको तेस्रो र आइपिएल करिअरको उत्कृष्ट पदर्शन हो ।

साई शुदर्शनले ४३ रन बनाउँदा कप्तान हार्दिक पाण्ड्याले २८ रन जोडे । ऋद्धिमान साह १६ बलमा ३ चौकासहित १८ रनमा आउट भए ।

मुम्बईका आकाश माधवाल र पियुस चावलाले एक–एक विकेट लिए ।

योसँगै गुजरात दोस्रो वर्ष आइपिएलको फाइनलमा पुगेको छ । अब आइतबार अहमदावादमा हुने फाइनलमा गुजरात र चेन्नई भिड्नेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...