नेपाल भारतसँग पराजित

69

काठमाडौँ, १० जेठ । काभा वुमेन्स च्यालेञ्ज कप भलिबलअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।

दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ‘ए’को विजेताको टुंगो लगाएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार भएको खेलमा नेपाल भारतसँग ३–१ को सेटमा पराजित हुँदै अन्तिम चरणमा पुगेको हो । नेपालले पहिलो सेट १२–२५ ले गुुमाएको थियो । पहिलो सेट सस्तैमा गुमाए पनि नेपालले त्यसपछि सानदार प्रदर्शनका साथ उपाधि दाबेदार भारतलाई कडा चुनौती दिएको थियो ।

प्रतिस्पर्धात्मक दोस्रो सेट २४–२६ ले गुमाउन पुग्यो । निकै नै प्रतिस्पर्धात्मक र रोमाञ्चक तेस्रो सेट नेपालले २५–२० ले आफ्नो पक्षमा पारेको थियो । चौथो सेटमा नेपालले २५–२१ ले गुमाउँदै समूह उपविजेता बनेको हो ।

नेपालले फाइनले प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजकस्तानसँग खेल्नुपर्ने भएको छ । नेपाल र काजकस्तानबीचको खेल शुक्रबार हुने छ ।

बुधबारै भएको समूह ‘बी’अन्तर्गत अन्तिम खेलमा उज्वेकिस्तानलाई ३–१ को सेटमा हराएर काजकस्तान समूह विजेता बनेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...