बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

21

काठमाडौँ, १० जेठ । नेपाल सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा यही जेठ ११ गते बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी भोटो देखाउने जात्राका अवसरमा बिहीबार काठमाडौँ, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो ।

ललितपुरमा हरेक वर्ष हुने यस जात्राका क्रममा बिहीबार ललितपुरको जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने छ ।

Share This:
सम्बन्धित खबर
Loading...