जसपाका वीरेन्द्र महतो वनमन्त्री, प्रमिला कुमारी शिक्षा राज्यमन्त्रीमा नियुक्त

20

काठमाडौँ, ९ जेठ । जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा भने प्रमिला कुमारी नियुक्त भएकी छन् ।

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महतोलाई वन तथा वातावरण मन्त्रलयको मन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीद्वारा गरिएको सिफारिसको आधारमा मंगलबार राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्री र राज्यमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...