पाठ्यक्रमबाट डा.रूइतको जीवनी हटाइएकोमा रघुजी पन्तको आपत्ति

26

काठमाडौँ, ९ जेठ । प्रतिनिधिसभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा.सन्दुक रूइतको जीवनी हटाइएको आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले डा.रूइतका कारण देशको इज्जत बढेको र सोहीअनुसार रूइतको जीवनी पढाउन उचित भएर पाठ्यक्रममा राखिए पनि हटाइएकाले शिक्षामन्त्रीले जबाफ दिनुपर्ने माग गरे ।

“कक्षा १० को नेपाली पाठ्यक्रममा डा.सन्दुक रूइतको बारेमा लेखिएको ८ पष्ठ जीवनी पढाइ हुन्छ । त्यो पाठ्यपुस्तकबाट हटाइयो र त्यसलाई भाँचेर कता कता ६, ८ को सान्समा केमा केमा राखियो । डा.सन्दुक रूइतको जीवनी, उहाँको कारण हाम्रो देशको इज्जत बढेको छ । त्यो जीवनी पढाउन आवश्यक भएर राखिएको थियो । किन त्यो जीवनी हटाइयो, यसबारे शिक्षामन्त्रीले स्पष्ट जबाफ दिन आग्रह गर्छु,” उनले भने ।

साथै सांसद पन्तले पाठ्यक्रममा कुनै दलको आन्दोलनका बारेमा समावेश गर्न नहुने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...