२० वर्षपछि न्युक्यासल च्याम्पियन्स लिगमा छनोट

25

काठमाडौँ, ९ जेठ । इंग्लिस प्रिमियर लिग क्बल न्युक्यासल युनाइटेड २० वर्षपछि च्याम्पियन्स लिगमा छनोट भएको छ ।

इंग्लिस प्रिमियर लिगमा न्युक्यासल र लेस्टर सिटीबीचको खेल गोलरहित बराबरीमा रोकिएपछि न्युक्यासलले शीर्ष ४ मा रहँदै च्याम्पियन्स लिगमा स्थान पक्का गरेको हो ।

सेन्ट जेम्स पार्कमा भएको खेलमा इडी हाउको टोली न्युक्यासलले खेल अवघिभर राम्रो पकड बनाए पनि डेडलक भने तोड्न सकेन ।

न्युक्यासलले ७८ प्रतिशत पोजिसन राख्न सफल भएको थियो भने तीन पटक गोलका लागि ठुलो अवसरसमेत पाएको थियो । तर, त्यसलाई सदुपयोग भने गर्न सकेन छ ।

कलुम विल्सनले गरेको प्रहार बारमा लागेर फर्कियो । विल्फ्रिद एनडिडीले गरेको हेडर प्रहारले पनि पोस्टको दिशा लिन सकेन । दोस्रो हाफमा पनि एलेक्जेन्डर इसाकले न्युक्यासलका लागि गरेको प्रहार गोलरक्षक ड्यानिल इभरसनले एक्रोबेटिक मुभमार्फत् रोकेका थिए ।

ब्रुनो गुइमारेसले गरेको प्रहार बारमा लागेर फर्कियो । तर, न्युक्यासललाई शीर्ष ४मा अटानउ बराबरी पनि पर्याप्त थियो । यो नतिजापछि न्युक्यासलले लिगको एक खेल बाँकी हुँदा ७० अंक बनाएको छ । न्युक्यासल पाँचौँ स्थानको लिभरपुलभन्दा ४ अंकले माथि छ ।

पछिल्लो पटक २००३/०४ को सिजनमा न्युक्यासल सर बबी रोबसनको नेतृत्वमा युरोपको सबैभन्दा ठुलो प्रतियोगिता खेलेको थियो । यत यो बराबरीपछि लेस्टर रेलिगेट हुने खतरा बढेको छ । १८औँ स्थानमा रहेको लेस्टरको ३७ खेलबाट ३१ अंक छ । पछिल्ला १५ खेलमा मात्रै एक जित दर्ता गरेको लेस्टरले अब अन्तिम खेलमा वेस्ट ह्यामलाई हराएर मात्र पुग्दैन । १७औँ स्थानको एभर्टनको नतिजामा पनि भर पर्नु पर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...