नेपालको विजयी सुरूवात [भिडिओ]

55

काठमाडौँ, ८ जेठ । घरेलु टोली नेपालले सोमबारदेखि काठमाडौँमा सुरू भएको एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपमा विजयी सुरूवात गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबारदेखि सुरू भएको प्रतियोगिताअन्तर्गत समूह ‘ए’मा नेपालले किर्गिस्तानमाथि ३–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरूवात गरेको हो ।

एकपक्षीय खेलमा नेपालले पाहुना टोलीमाथि २५–११, २५–१९ र २५–११ को सहज जित निकालेको हो ।

किर्गिस्तानविरूद्धको खेलमा त्रिभुवन आर्मी क्लबकी संगम महतो र न्यु डायमण्ड स्पोर्ट्स क्लबकी रिमा कुँवरले डेब्यु गरिन् ।

यस जितसँगै नेपालले समूह ‘ए’मा ३ अंक जोडेको छ । भारतको पनि ३ अंक छ । बंगलादेश र किर्गिस्तान अंकविहीन छ ।

भएको समूह ‘बी’ को पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । सोमबारको दोस्रो तथा समूह ‘ए’को पहिलो खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा नै हरायो ।

समूह ‘ए’मा रहेको नेपालले मंगलबार बंगलादेशसँग र जेठ १० गते भारतसँग खेल्ने तालिका छ ।

Share This:
सम्बन्धित खबर
Loading...