काठमाडौँ, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा)का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।
जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।
गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर पराजित भएका यादव वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् ।
बारा क्षेत्र नम्बर २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि जसपा संसदीय दलको नेता कोही बनेका थिएनन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।