इन्टरनेटको बढाउन खोजिएको मूल्य रोक्नुपर्छ : प्रदीप पौडेल

52

काठमाडौँ, ८ जेठ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेटको मूल्य अनुचित रूपमा बढाउन लागेको भन्दै त्यसलाई रोक्न माग गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले अहिले उपलब्ध सेवामा गुणस्तरीयता गति, क्षमता निरन्तरता केही नभएको बताए । उनले इन्टरनेट कम्पनीहरूले मिलेमतोमा बढाउने अनुचित मूल्यलाई तत्काल रोक्नुपर्ने बताएका छन् ।

इन्टरनेट सेवा प्रदायकले सेवाको गुणस्तर बढाउनुपर्ने पौडेलले बताए । गुणस्तर बढाउनभन्दा पनि अनुचित रूपमा मूल्य बढाउन खोजेको उनको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...