काठमाडौँ, ३ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा मुछिएका १४ जनालाई थप १४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
बुधबार अदालतले सो प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित सबै १४ जनाविरूद्ध अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुधबार साँझसम्म बुझाउन जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो । वैशाख ३१ मा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले सो निर्देशन दिएका थिए । तर, अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले बुधबार थप ३ दिनको समय लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सीताराम रिजालले जानकारी दिए ।
२०७९ चैत १२ मा प्रहरीले केशव दुलाल, पाँचथरका टंक गुरूङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेको थियो । यस्तै, चैत १५ मा मोरङ घर भएका सागर राई पक्राउ परेका थिए । यो प्रकरणमा रायमाझी, खाणसहितका १४ जना जिल्ला प्रहरी परिसर मातहतका विभिन्न हिरासतमा रहेका छन् ।
प्रहरीले उनीहरूविरूद्ध संगठित अपराध र ठगी मुद्दामा अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा ६० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्नुपर्ने कानुनी प्रावधान छ । सुरूमा पक्राउ परेका आरोपीहरू ५४ दिनदेखि हिरासतमा छन् । पछि पक्राउ परेकाहरूको पनि सुरूमा पक्राउ परेका आरोपीसँग म्याद मिलान हुन्छ ।
सम्बन्धित समाचार
- नक्कली शरणार्थी प्रकरण : आरोपितमाथि के–के मुद्दा लाग्न सक्छ ?
- नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान आज पनि
- नक्कली शरणार्थी प्रकरण : रायमाझीको बयान सकियो
- पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ
- नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
- नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणले पनि गरेका थिए मोबाइल फर्म्याट
- मञ्जु मोबाइल बन्द गरेर गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्
- भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
- नक्कली शरणार्थी प्रकरण : पक्राउ पर्नेको संख्या १२ पुग्यो
- पूर्वगृहमन्त्री खाण पक्राउ
- आरजु र मञ्जुलाई पैसा बुझाएको भन्ने अडियो क्लिप प्रहरीमा, आरजु भन्छिन्– म डराउन्न
- सचिव पाण्डेलाई थप सात दिन हिरासतमा राख्न अनुमति
- नक्कली शरणार्थी प्रकरण, प्रहरी भन्छ– टोपबहादुर रायमाझी सम्पर्कमा छैनन्
- नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी