जापानका भएको बस दुर्घटनामा दुई नेपालीको मृत्यु

132

काठमाडौँ, ३ जेठ । जापानको सेन्दाइस्थित सहरमा बस दुर्घटना हुँदा २ नेपाली विद्यार्थीको मृत्यु भएको छ ।

जापानी सञ्चार माध्यमले जनाएअनुसार काभ्रेका नवराज तामाङ र युवराज थापाको दुर्घटनामा मृत्यु भएको हो । थापा सेन्मोन गाक्कोउ र तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि सञ्चार माध्यमले जनाएका छन् ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिएको थियो । बसमा ४० जना थिए ।

Share This:
सम्बन्धित खबर
Loading...