कांग्रेसका पूर्वसांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

नक्कली शरणार्थी प्रकरण

78

काठमाडौँ, १ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका पूर्वसांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

सोमबार शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

शेर्पाविरूद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख ३१ गते पक्राउ पुर्जी जारी गरेको थियो । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमा भेटेर कांग्रेस नेताहरूलाई बयानमा नपोल्न दबाब दिएको उनीमाथि आरोप छ ।

यो प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...