काठमाडौँ, १ जेठ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
काठमाडौँको बुढानिलकण्ठबाट आइतबार पक्राउ परेका रायमाझीलाई आज जिल्ला अदालतमा पेस गरिएकामा अदालतले आदेशले प्रहरीले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद पाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
रायमाझीलाई वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएकामा १२औँ दिनमा वैशाख ३१ गते पक्राउ गरिएको थियो । उनका छोरा सन्दीपलाई भने सोही दिन पक्राउ गरिएको थियो ।
नक्कली शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणको बयान सकियो
उक्त घटनामा अहिलेसम्म पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित १३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
नक्कली शरणार्थी प्रकरण : खाणले स्वीकारे गिरोहसँगको भेट
अहिलेसम्म नक्कली शरणार्थी प्रकरणमा १०६ जनाका तर्फबाट करिब २४ करोड रूपैयाँ ठगी भएको भन्दै उजुरी परेका छन् ।