एमाले महासचिव पोखरेलले भने– नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको छ

25

काठमाडौँ, ३१ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी कहिल्यै पुराना नहुने बताएका छन् ।

अहिले नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएको बताउँदै महासचिव पोखरेलले भविष्यको काम गर्ने पार्टीहरू कहिल्यै पुराना नहुने तर्क गरेका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गरिन खोजिदैछ ।भविष्यको योजनामा कामगर्ने पार्टीहरु कहिलै पुराना हुँदैनन् ।”

नयाँ हुनेबित्तिकै स्वतः विकल्प हुने, राम्रो र सफल हुन्छ भन्न नहुने उनको भनाइ छ । यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, बसल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्ने उनले बताएका छन् ।

उनले मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने भन्दै एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दाबीसमेत गरेका छन् ।

माओवादी केन्द्रसँग एकतासँगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसक्दा केही कमजोर भए पनि पुनः तोडिएको महासचिव पोखरेलको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...