टी–२० विश्वकप एसिया छनोट नेपालमा हुने

215

काठमाडौँ, ३० वैशाख । नेपालले टी–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ ।

अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाललाई एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।

नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आइसिसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघि पूर्वाधारका कारण नेपालले ठुला प्रतियोगिता आयोजना गर्न पाएको थिएन ।

छनोट खेल कीर्तिपुर र मूलपानी मैदानमा हुने छ ।

एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्ने छन् । बाँकी २ देश छनोट चरण पार गरेर आउने छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिने छ । हरेक समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छ । फाइनल पुग्ने टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान बनाउने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...