एमाले बैठकमा प्रवेश गर्‍यो संघीयता खारेजीको प्रस्ताव

79

काठमाडौँ, २९ वैशाख । नेकपा (एमाले)भित्र संघीयता खारेजीको पक्षमा जोडदार आवाज उठेको छ । पोलिटब्युरो सदस्यत्रय महेश बस्नेत, गोकुल बास्कोटा र निरू पालसहित युवा नेताहरूले संघीयताको विपक्षमा आवाज उठाएका हुन् ।

जारी केन्द्रीय कमिटी बैठकमा पोलिटब्यरोका तीन नेतासहित केन्द्रीय सदस्य ऐन महर पनि संघीयताको विपक्षमा उभिएका छन् । एमालेको कुनै पनि तहको बैठकमा यसअघि संघीयताको विपक्षमा औपचारिक रूपमा प्रस्ताव आएको थिएन ।

पार्टीको जारी केन्द्रीय बैठकमा नेताहरूले संघीयतासम्बन्धी पार्टीको नीति पुनरावलोकन गर्नुपर्ने मत अघि सारेका हुन् । समूहगत छलफलका क्रममा पोलिटब्युरो सदस्यत्रय बस्नेत, बास्कोटा र पाल तथा केन्द्रीय सदस्य ऐन महरले संघीय प्रणाली देशहितमा नभएको भन्दै पार्टीले अब नयाँ दृष्टिकोण बनाएर जानुपर्नेमा जोड दिए ।

युवा नेताहरूले स्थानीय तहलाई बलियो बनाएर प्रदेश र जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने पक्षमा पार्टी उभिनुपर्ने बताएका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...