अमेरिका पठाउने प्रलोभनमा पारेर ठगी गर्ने एक जना पक्राउ

66

काठमाडौँ, २९ वैशाख । रोजगारीका लागि अमेरिका पठाइदिने प्रलोभनमा लाखौँ रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–२० घर भएका ५६ वर्षीय ओम शाक्यलाई बिहीबार कालीमाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

शाक्यले पासाङ ल्हामु शेर्पालाई अमेरिका पठाइदिने भन्दै पटक–पटक गरी १५ लाख रूपैया लिएर फरार थिए । उनी रकम बुझेर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो । उजुरीका आधारमा खोजतलास गर्दा शाक्यलाई पक्राउ गरेको हो ।

शाक्यलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...