सिंगापुर, माल्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

76

काठमाडौँ, २८ वैशाख । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा भर भइ काठमाडौँको बसुन्धरा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिंगापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिंगापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक ४ लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम संकलन गरेको खुलेको छ ।

पीडितहरूबाट ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँको सिनामंगलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

यता सिग्देललाई जडिबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयल प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । यस्तै, तामाङलाई भने काठमाडौँको बसुन्धराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...