सरकारको काममा सहयोग र समर्थन छ : उपमहासचिव गुरूङ

28

काठमाडौँ, २७ वैशाख । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको छानबिनमा सहयोग गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८०÷८१ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सो प्रकरणमा सरकारले लिएको अग्रसरतालाई सहयोग र समर्थन गर्न तयार रहेको बताएका हुन् ।

“नेकपा (एमाले) सरकारको काममा सहयोग र समर्थन गर्न तयार छ, हामी सहयोग र समर्थन गर्न चाहन्छौँ,” उनले भने, “सरकारले जुन खालको छानबिन र अनुसन्धान सुरू गरेको छ, विधि र कानुनको शासन मान्ने तथा भ्रष्टाचारमुक्त नेपाल अभियान मान्ने प्रतिबद्ध भएको पार्टीको सांसदको हैसियतले यो छानबिन र अनुसन्धानलाई सरकारले दायाँबायाँ वा तलमाथि नगरी, दोषीहरू कोही पनि नछुटुन्, निर्दोष व्यक्ति कोही पनि नपरोस् भनी लागोस् ।”

यस घटनामा संलग्न भनिएका पार्टीका सांसद टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएको उपमहासचिव गुरूङले सदनलाई जानकारी गराए ।

Share This:
सम्बन्धित खबर
Loading...