सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिँदै

80

काठमाडौँ, २१ वैशाख । अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पुत्र सन्दीप रायमाझीलाई आज काठमाडौँ ल्याइँदै छ । प्रहरीका अनुसार सन्दीपलाई काठमाडौँ ल्याउन भैरहवा विमानस्थल पुर्‍याइएको छ । तर, मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन ।

नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडएका सन्दीप बुधबार साँझ बुटवलबाट पक्राउ परेका थिए । नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि नेकपा (एमाले) सचिवसमेत रहेका रायमाझी र उनका छोराविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो । छोरा पक्राउ परे पनि सांसद् टोपबहादुरलाई भने प्रहरीले अहिलेसम्म समातेको छैन । उनी गृहजिल्ला अर्घाखाँची छन् ।

बुटवलबाट पक्राउ परेका सन्दीपलाई बुधबार भैरहवा हिरासतमा राखिएको थियो । आज काठमाडौँ पठाउन लागिएको रूपन्देहीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए । सन्दीपलाई म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँमा पेस गर्न लागिएको हो ।

हालसम्म नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ८ जना पक्राउ परिसकेका छन् । ठगी प्रकरणमा केशव दुलाल र सानु भण्डारी पक्राउ गरेको एक महिनापछि पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । उनीमाथि अनुसन्धानका लागि ३ दिनको म्याद थपिएको छ । बुधबार नै प्रहरीले तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरेको थियो ।

यही प्ररणमा पूर्वगृहमन्त्री बालदका छोरा प्रतीक र सुरक्षा सल्लाहकार राईका छोरा निरजको नाम पनि जोडिएको छ । उनीहरूपिरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ भने उनीहरू हाल फरार छन् ।

Share This:
सम्बन्धित खबर
Loading...