कांग्रेसबाट तीन मन्त्री नियुक्त

156

काठमाडौँ, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिमण्डलमा तीन जना मन्त्री थपिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री प्रचण्डको सिफारिसमा नेपाली कांग्रेसबाट उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री  र डिगबहादुर लिम्बूलाई युवा तथा खेलकुदमन्त्रीमा  नियुक्त गरेका छन् ।

गत पुस ११ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले उनीहरुलाई नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...