तत्कालीन ऊर्जामन्त्री रायमाझी र छोरा सन्दीपविरूद्ध पक्राउ पुर्जी जारी

108

काठमाडौँ, २० वैशाख । तत्कालीन ऊर्जामन्त्री तथा नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरु विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका पठाइएको भन्ने प्रकरणमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको बताइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...