नर्स मृत्यु प्रकरणः डा ढकाल पक्राउ, बुबाको खोजी हुँदै

62

काठमाडौँ, २० वैशाख । काठमाडौँको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठको मृत्यु प्रकरणमा काठमाडौँ महानगरपालिका–१६ बोहराटारका डा.सुजन ढकाल पक्राउ परेका छन् ।

उनका बुबा मुरलीप्रसादको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दर्ता भएपछि प्रहरी वृत्त बालाजुले मंगलबार डा.ढकाललाई नियन्त्रणमा नियन्त्रणमा लिएको बालाजु वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।

उनका अनुसार प्रहरी वृत्त बालाजुमा अनुमाका बुबा गजेन्द्र श्रेष्ठले उनीहरुविरुद्ध जाहेरी दर्ता गराएका थिए । मंगलबार अदालतबाट उनीहरुविरुद्ध पक्राउको अनुमति लिएर खोजी भइरहेका बेला उनलाई बालाजु चोकबाट पक्राउ गरिएको हो ।

नर्स मृत्यु प्रकरण : डा ढकाल र उनका बुबाविरूद्ध दुरूत्साहनमा जाहेरी दर्ता

वीर अस्पतालकी स्टाफ नर्स श्रेष्ठ शनिबार अपराह्न डा.ढकालको घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । कोसी अस्पतालमा कार्यरत डा.ढकालको कोठामा उनी मृत भेटिएको र त्यहाँ सुसाइट नोट पनि फेला परेको प्रहरीले जनाएको छ ।

उनले एउटा डायरीमा विवाह गर्न नमानेको र परिवारले पनि विवाह गर्न नदिएकाले बाँच्न मन नभएको भनी उल्लेख गरेकाले सोही आधारमा उनका परिवारले आत्महत्या दुरुत्सानमा जाहेरी दिएका हुन् । प्रहरीका अनुसार डा.ढकाल र मृतक श्रेष्ठबीच विगतमा प्रेम सम्बन्ध रहेको पाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...