काठमाडौँ, २० वैशाख । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया नभएको टिप्पणी गरेका हुन् ।
‘नयाँ , पुरानो सबै नेताहरु चोर हुन्,’ मेयर साहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैलाई देशको माया छैन ।’
एक वर्षअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सार्वजनिक कार्यक्रममार्फत् नै जनताले नेताहरुलाई चोर भन्ने गरेको बताएका थिए ।