एमाले सांसद कोइरी निलम्बित

36

काठमाडौँ, १९ वैशाख । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ । संघीय संसद्का महासचिव डा.भरतराज गौतमका अनुसार सभामुख देवराज घिमिरेले आज नेकपा (एमाले)का सांसद कोइरीलाई निलम्बन गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयको यही वैशाख १७ गतेको पत्रबमोजिम प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम ३ को व्यवस्थाबमोजिम सांसद कोइरी निलम्बनमा परेका हुन् ।

कर्तव्य ज्यान मुद्दामा उच्च अदालत जनकपुरबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ बमोजिम थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने थियो । उच्च अदालतले २०७७ मंसिर १९ गते त्यस्तो आदेश दिएको भए पनि कोइरी थुनामा नबसी तारेख गुजारेर फरार रहेको पाइएको छ ।

महोत्तरी जिल्ला अदालत, जलेश्वरमा हालसम्म पनि हाजिर नगरी फरार रहेको प्रहरी प्रधान कार्यालयको पत्रमा उल्लेख भएबमोजिम सांसद कोइरीलाई आज सभामुखले निलम्बन गर्ने निर्णय गरेका हुन् ।

Share This:
सम्बन्धित खबर
Loading...