रवि लामिछानेका सवारी चालक थापाको निधन

50

काठमाडौँ, १९ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनिने दिलबहादुर थापाको निधन भएको छ ।

छतबाट खसेर गम्भीर घाइते भएका थापाको मेडिसिटी अस्पतालमा मंगलबार उपचारका क्रममा निधन भएको अस्पतालकी सूचना अधिकारी मनिता पोखरेलले जानकारी दिइन् ।

थापा चितवनस्थित लामिछानेको घरको तेस्रो तलाबाट वैशाख ४ गते बिहान खसेका थिए ।

३९ वर्षीय थापाको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि वैशाख ५ गते सेनाको हेलिकोप्टरबाट मेडिसिटी ल्याएर भर्ना गरिएको थियो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...