दुबई पठाइदिन्छु भनी ३५ लाख ठगी गरेको आरोपमा पक्राउ

19

काठमाडौँ, १७ वैशाख । प्रहरीले दुबई पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ जिल्लाको भिमाद नगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने २७ वर्षीय सञ्जय रेग्मी रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई काठमाडौँको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ ।

उनले रोजगारीका लागि दुबई पठाइदिने भन्दै पीडितसँग ३५ लाख रूपैयाँ रकम लिइ सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

Share This:
सम्बन्धित खबर
Loading...