अरूण नदीको पानी पहिरोकै माथिबाट बग्न थाल्यो

210

खाँदबारी, १७ वैशाख । सुख्खा पहिरोले थुनिएको अरूण नदीको पानी बग्न थालेको छ । निर्माणाधीन ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत् निर्माणस्थल सङ्खुवासभाको मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि बिहानदेखि नदी थुनिएको थियो ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार अरूण थुनिएको ठाउँमा पानी केही मात्रामा जमेको र पहिरोकै माथिबाट पानी बग्न थालेको छ । पानी बग्न थालेकाले जोखिम नरहेको र अवस्था सामान्य रहेको पनि उनको भनाइ छ ।

पहिरोका कारण अरूण तेस्रोको ड्याम साइडको काम रोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...