शीर्ष स्थानको बार्सिलोना भालेकानोसँग स्तब्ध

28

एजेन्सी, १४ वैशाख । स्पेनिस लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना पराजित भएको छ । बुधबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानोसँग २–१ गोलले पराजित भएको हो ।

बार्सिलोनालाई हराउन रायो भालेकानोका अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गरे । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए ।

खेलको १९औँ मिनेटमा अल्भारो गार्सियाले गोल गर्दै भालेकानोलाई अग्रता दिलाए ।

५३औँ मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै रायो भालेकानोले आग्रता दोब्बर बनायो । ८३औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए पनि त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोनाले यस सिजन ला लिगामा तेस्रो हार ब्यहोर्न पुग्यो । हारका बाबजुद पनि बार्सिलोना उपाधि होडमा बलियो छ ।

८ खेल बाँकी रहँदा शीर्ष स्थानको बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ११ अंकले अगाडि छ ।

बार्सिलोनाको ३१ खेलबाट ७६ अंक छ भने दोस्रो स्थानको मड्रिडको ६५ अंक छ । बार्सिलोनालाई हराएको रायो भालेकानो ४३ अंक जोडेर नवौँ स्थानमा उक्लिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...