बारा–२ मा रास्वपाका रमेश खरेलसहित ३१ उम्मेदवारको जनमात जफत

123

काठमाडौँ, १३ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । बुधबार बिहान आएको अन्तिम परिणामअनुसार रास्वपाका उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्र पाए ।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश अपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ । रास्वपाका उम्मेदवार खरेलले जम्मा मतको ४.१४ प्रतिशत मात्र पाएपछि जमानत जफत भएको हो ।

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले र चितनव–२ मा रवि लामिछाने भारी मतान्तरले विजयी हुँदा बारा–२ मा खरेलको जमान समेत जोगिएन । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ । बारा–२ मा ३४ उम्मेदवारमध्ये ३ जनाले मात्र जमानत जोगाएका छन् ।

सत्ता गठबन्धनको समर्थनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित विजयी हुँदा उनका निकटम् प्रतिद्वन्द्वि जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत पाए । यस्तै, एमालेका पुरूषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । बाँकी ३१ उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...