बारा–२ मा १० हजार मतसहित उपेन्द्र यादवको अग्रता कायमै

72

काठमाडौँ, १२ वैशाख । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । जसपा अध्यक्षसमेत रहेका उनले निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहसँग मतान्तर बढाउँदै लगेका हुन् ।

पछिल्लो मत परिणामअनुसार उनले १० हजार मत कटाएका छन् । उनले १० हजार १९९ मत पाउँदा कुशवाहले ६ हजार ८०६ मत पाएका छन् ।

यस्तै, नेकपा (एमाले)का उम्मेदवार पुरूषोत्तम पौडेलले ४ हजार ११ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ४५१ मत पाएका छन् ।

रास्वपाले चितवन र तनहुँमा सानदार मत पाएकामा बारामा भने मतपरिणामको रूझानअनुसार आकर्षण देखिएको छैन । खरेल जारी मतगणनामा चौथो स्थानमा परेका हुन् ।

कुल १ लाख ५ हजार २४८ मतदाता रहेको बारा–२ मा ६५ प्रतिशत अर्थात् ६८ हजार ८८७ मतदान भएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...