तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले विजयी

72

काठमाडौँ १२ वैशाख । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा.स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य विजयी भएका छन् ।

१० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन् ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो ।

सो क्षेत्रमा नेकपा (एमाले)बाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन् । वाग्लेले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए ।

वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए ।

सोही दिन उनलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो । यसअघि वाग्लेलाई नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगको सदस्य र उपाध्यक्ष बनाएको थियो । गत निर्वाचनमा कांग्रेसले उनलाई टिकट नदिएपछि उनी रुष्ट बनेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...