न्युजिल्यान्ड पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

12

काठमाडौँ, ११ वैशाख । न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–३ पुछारबजार घर भइ काठमाडौँको टोखा नगरपालिका–६ बानियाँटार, घनेश्वर मन्दिर बस्ने ३८ वर्षीय हरिजंग गुरूङ छन् । उनले राजेश श्रेष्ठसहितबाट गरी ५ लाख ६ हजार रूपैयाँ ठगी गरेको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौरका अनुसार उनले पीडितहरूलाई न्युजिल्यान्डमा प्रतिष्ठित होटलमा काममा लगाइदिने, मासिक १ लाख ५० हजार रूपैयाँभन्दा बढी तलब हुने भनी प्रलोभनमा पारेका थिए ।

रकम लिएर सम्पर्कविहीन भएका उनलाई पक्राउ गरिदिन भन्दै वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको थियो ।

आइतबार पक्राउ गरिएका उनलाई अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी राठौरले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...