साढे ७ हजार मत गन्दा दोब्बरभन्दा बढी मतले स्वर्णिम वाग्ले अगाडि

118

काठमाडौँ, ११ वैशाख । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.स्वर्णिम वाग्लेले अग्रता लिएका छन् । निर्वाचन आयोगका अनुसार करिब ७ हजार ५०० मत गन्दा वाग्ले निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बर बढी मतले अगाडि रहेका छन् ।

डा.वाग्लेले ४ हजार ३०३ मत ल्याउँदा भट्टराईले १ हजार ९३३ मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) उम्मेदवार सर्वेन्द्र खनालले १ हजार १९८ मत प्राप्त गरेका छन् । अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना सकिएको छ ।

तनहुँ–१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७५७ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार तनहुँ–१ मा १ लाख २३ हजार ३०५ जना मतदाता रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...