अमृतपाल सिंह पक्राउ

59

एजेन्सी, १० वैशाख । मार्च १८ देखि फरार रहेका ‘वारिस पञ्जाब दे’ संगठनका प्रमुख तथा खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार बिहान मोगाबाट पक्राउ गरेको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार अमृतपाललाई मोगाको रोडे गाउँको गुरूद्वाराबाट पक्राउ गरिएको हो । अब अमृतपाललाई भटिण्डाबाट विमानमार्फत असमको डिब्रुगढ जेल लगिने छ । अमृतपालविरूद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

अमृतपाल ३६ दिनदेखि फरार थिए । अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो ।

यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...