सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने

78

खाँदबारी, ७ वैशाख । कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

खेलकुदमार्फत् जिल्लाको पर्यटन प्रवर्द्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई १०÷१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...