कोरोना संक्रमित एक जनाको मृत्यु

33

काठमाडौँ, ५ वैशाख । कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार सोमबार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सोमबार १०४ नयाँ सङ्क्रमित थपिएका हुन् । ५७१ पिसिआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार ६३२ नमुना परीक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौँ उपत्यकामा अहिले कोरोना संक्रमित ३४ आइसोलेसन, सात जना आइसीयू र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय संक्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...