नयाँ सोच र नयाँ सपनाका साथ अघि बढौँ : सभामुख मगर

175

बुटवल, १ वैशाख । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले नयाँ वर्ष २०८० सालको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले सम्पूर्ण देश विदेशमा रहेका समस्त लुम्बिनी प्रदेशबासी आमबुवा, दिदीबहिनी, दाजुभाइ, एवम् माननीय प्रदेशसभा सदस्यहरु, मतदाताहरु, सम्पूर्ण कर्मचारी, शुरक्षाकर्मी, सञ्चारकर्मी पत्रकारहरुमा सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।

उनको शुभकामना सन्देशमा भनिएको छ, “संघीयता कार्यान्वयन गर्ने महत्वपुर्ण थलोको रुपमा रहेको लुम्बिनी प्रदेश सभामा बन्ने सबै ऐन कानुनलाई जनताको पक्ष र हितमा हुने गरी जनमैत्री बनाउने प्रतिवद्धता पनि व्यक्त गर्दछु, साथै प्रदेशसभा र प्रदेश सरकारलाई जनताको मन, मस्तिष्कमा स्थापित गर्ने प्रयत्नका साथ अघि वढेको अवस्थामा यहाँहरुको निरन्तर साथ सहयोग तथा रचनात्मक शुझाव सल्लाहको अपेक्षा समेत गर्दछु ।”

नयाँ सोच र समृद्धिको नयाँ सपनाका साथ अघि बढ्न समेत उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । “विचारमा स्वाभीमानी बनौँ । व्यवहारमा इमान्दार बनौँ । २०८० साललाई देश र जनताको सुख, शान्ति र समृद्धिका र देशको अवस्था परिवर्तनामा उपयोग गरौं । गत वर्षको समिक्षा सहित नयाँ सोच नयाँ सपनाका साथ अघि बढौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु,” शुभकामना सन्देशमा उल्लेख छ ।

उनले मुलुकलाई आर्थिक, सामाजिक एवं राजनीतिक रुपमा अगाडि बढाउन सबैको अहम् भूमिका रहेको उल्लेख गर्दै इमान्दारीता, कर्तव्यनिष्ट, जवाफदेही नागरिकको रुपमा आफूलाई स्थापित गर्दै मुलुकको अभिभारा बोक्न सकेको खण्डमा मुलुकलाई गन्तव्यमा पुर्‍याउन सकिने शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

No photo description available.

Share This:
सम्बन्धित खबर
Loading...