निषेधित क्षेत्रमा पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइयो

28

खाँदबारी, ३० चैत । सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथांका नाकाबाट पक्राउ परेका चिनियाँ नागरिकलाई काठमाडौँ पठाइएको छ ।

सोमबार निषेधित क्षेत्र भोटखोला–१ को किमाथांका नाकाबाट चिनियाँ नागरिक ३४ वर्षीय याङ यी पक्राउ परेका थिए । पक्राउ परेका चिनियाँ नागरिकलाई आज काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

चिनियाँ नागरिक याङलाई जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरेर थप अनुसन्धानका लागि अध्यागमन विभाग काठमाडौँ पठाइएको प्रनाउ गोदारले बताए ।

निषेधित क्षेत्र पुगेका चिनियाँ नागरिकलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको थियो । उनी किमाथांका नाका किन आएका भन्न खुल्न सकेको छैन । किमाथांकाबाट यसअघि पनि एक चिनियाँ नागरिक पक्राउ परेका थिए । उनी रसुवागडी नाका हुँदै किमाथंका पुगेको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...