श्रमदानका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई मेयर हर्क साम्पाङको निम्तो

35

काठमाडौँ, २९ चैत । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निम्तो दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई खेलेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताका लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

धरानले दशकौँदेखि खानेपानीको समस्या भोग्दै आएको र अहिले खानेपानी ल्याउन श्रमदान अभियान चलेकोमा श्रमदानका लागि आमन्त्रण गरिएको पत्रमा उल्लेख छ ।

Share This:
सम्बन्धित खबर
Loading...