गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प

83

काठमाडौँ, २८ चैत । गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रबिन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा ४.१ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो ।

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रबिन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...