जिरोनासँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना

31

काठमाडौँ, २८ चैत । घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोना जिरोनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

क्याम्प नोउमा सोमबार राति भएको खेलमा बार्सिलोनाले पटक–पटक गोलका लागि प्रयास गरेको भए पनि जिरोनाका गोलरक्षक पाउलो गाजानिगाले उसको कुनै पनि प्रयासलाई सफल हुन दिएनन् ।

र, खेल गोलरहित बराबरीमा टुंगियो । ला लिगामा बार्सिलोनाको यो तेस्रो बराबरी हो ।

दोस्रो स्थानमा रहेको रियल मड्रिडलाई १३ अंकले पछि पारेको बार्सिलोनाले २८ खेलबाट ७२ अंक बटुलेको छ भने जिरोना ३५ अंक जोडेर ११औँ स्थानमा छ । दोस्रो स्थानको रियलसँग ५९ अंक रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...